टी-२० विश्वकप

बङ्गलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य



काठमाडौं । 

आईसीसी टी–२० विश्वकपमा बङ्गलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ। विश्वकपको समूह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले १९.३ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको हो ।

बङ्गलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए । त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए । त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए । बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए।

सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका छन् । ५४ खेलमा १०० विकेट लिएका सन्दीप छिटो सय विकेट खेलाडीको सूचीमा राशिद खानपछि दोस्रो स्थानमा रहेका छन् । राशिदले ५३ खेलमा सय विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्