टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले लिए १००औँ विकेट



काठमाडौं ।

सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पुरा गरेका छन्। सन्दीपले जारी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पुरा गरेका हुन्।

सन्दीपले टी-२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन्। उनी टी-२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको छ। राशिदले ५३ खेलमा सय विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्