पहिराले मुग्लिन मलेखु खण्ड अवरुद्ध

4.04k
Shares

भरतपुर ।

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो।

सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए। अहिले पहिरो पन्छाउने काम जारी रहेको उनले बताए। पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन्।