बंगलादेशविरुद्ध नेपाललाई सातौं सफलता, सन्दीपलाई पहिलो विकेट



काठमाडौं

आईसीसी टी-२० विश्वकपअन्तर्गत बंगलादेश विरुद्धको खेलमा नेपाललाई सातौं सफलता मिलेको छ । सातौं विकेटको रुपमा बंगलादेशका तन्जीम हसन ३ रन बनाएर आउट भए।

उनलाई सन्दीप लामिछानेले बोल्ड गरेका हुन् । यसअघि कप्तान रोहित पौडेलले २ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामीले पनि २ विकेट नै लिएका छन् । दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।

वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको बंगलादेशले १४ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ७२ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्