नेपाली शान्ति सैनिकहरूको अदलीबदली



काठमाडौँ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि संयुक्त राष्ट्र अन्तरिम सुरक्षा बल एबीवाइआइ (युएनआइएसएफए) मिसनमा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) तेस्रो डफ्फाका ७७ जना शान्ति सैनिकहरू UN Chartered Flight मार्फत शुक्रबार मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

उक्त मिसनमा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फाका ६७ जना शान्ति सैनिकहरू आइतबार स्वदेश फिर्ता भएका छन् ।

उक्त मिसनमा १०६ जना शान्ति सैनिकहरू कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्