वैदेशिक रोजगार पीडितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन



काठमाडौँ ।

आम जनता पार्टीको आइटी आर्मीले वैदेशिक रोजगारीमा जाने युवाहरुसँग बिना रसिद लिएको अवैध रकम फिर्ता गराउन माग गर्दै विशेष प्रदर्शनसहित आन्दोलनको सुरुवात गरेको छ ।

‘ठग मेनपावर र एजेण्टलाई कारबाही ग़र, बेरोजगारको व्यापार बन्द गर, पीडितलाई न्याय देऊ, अलपत्र परेका नेपालीलाई उद्धार गर !’ जस्ता नारा सहित काठमाडौँको कालीमाटीबाट निस्केको जुलुस प्रहरीको घेराबन्दी एवं अवरुद्धको कारण सोल्टीमोड़मा समापन भएको थियो ।

वैदेशिक रोजगार पीडितलाई न्याय दिन तत्परता देखाउनुको सट्टा वर्तमान सरकार ठग मेनपावरहरुसँग मिलेर बेरोजगारको व्यापार गर्ने दिशामैं अग्रसर देखिएको भन्दै आइटी आर्मी प्रदर्शनमा उत्रिएको छ ।

आइटी आर्मीले सरकारको यस गलत रवैयाको विरुद्ध संघर्ष एवं भण्डाफोर बिना वैदेशिक रोजगार पीड़ितहरुले न्याय नपाउने भन्दै तसर्थ पीडितलाई न्याय दिलाउन सुरु भएको यस आन्दोलनमा विशेष सहयोगको अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्