भिरबाट लडेर मरिण गाउँपालिकामा एक पुरुषको मृत्यु



सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकामा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । गएको शुक्रवार जगंलमा जडिबुटी खोज्न गएका मरिण गाउँपालिका २ कटनडाँडाका ५८ बर्षिया टेक बहादुर दंगाल भिरबाट लडेर मृत्यु भएको हो ।

जडिबुटी खोज्न भनी घरबाट हिडेका दंगाल बेलुका घर नफर्किए पछि शनिवार आफन्त र छिमेकीहरुले खोजी गर्दा घर भन्दा ७ किलोमिटर पूर्व मुंग्रेशिर भिर खोँचमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्