पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला



पोखरा ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव आइतबार सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बि.क.हिजो साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।

 

प्रतिक्रिया दिनुहोस्