‘कर्णाली स्वास्थ्य नागरिक अभियान’ का लागि ८ करोड रकम विनियोजन 



 काठमाडौँ। 

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ -०८२ को लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेश सभामा शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.७ प्रतिशत हो ।

यस्तै चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार रहेको छ । यो कुल बजेटको अर्थात २४.१२ प्रतिशत प्रतिशत हो । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत अर्थात २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले ४ अर्ब ८३ करोड ३५ लाख ५१ हजार रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको छ ।

स्वास्थ्यतर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैँक स्थापना गर्न १ करोड रुपैयाँ, प्रादेशिक अस्पताल सुर्खेतलाई शिक्षण अस्पतालको विकासका लागि पूर्वाधार लगायतका काममा सहयोग गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै बजेटमा सार्वजनिक स्वास्थ्य संस्थामा सुत्केरी महिलाहरूलाई पोषण भत्ता उपलब्ध गराउने जस्ता कार्यक्रम घोषणा गरिएको छ ।

‘कर्णाली स्वास्थ्य नागरिक अभियान’ का लागि ८ करोड रकम विनियोजन गरिएको अर्थमन्त्री केसीले बताए । अर्थ मन्त्री केसीले सार्वजनिक गरेको बजेटमा स्वास्थ्यको १७ बुँदा समेटिए पनि अधिकांश पुरानै कार्यक्रमको निरन्तरता छ ।

स्वास्थ्यका १७ बुँदा यसप्रकार रहेका छन्

 

प्रतिक्रिया दिनुहोस्