भारोत्तोलन ओलम्पिक सोलिडारिटी कोर्स सम्पन्न



काठमाडौं।

नेपाली भारोत्तोलनले नयाँ २९ प्रशिक्षक पाएको छ । भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स शुक्रबार सम्पन्न भएयता यो खेलमा नयाँ जनशक्ति थपिएको हो । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति भवनमा कुल पाँच दिन सञ्चालन भएको कार्यक्रममा कोर्स निर्देशकको भूमिका सर्बियाली एरभिन रोज्सयानिकले निभाएका थिए ।

कार्यक्रमको समापनमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रमाणपत्र वितरण गरे । त्यस अवसरमा रोज्सयानिकले ओलम्पिक सोलिडारिटी कोर्सको माध्यमबाट नेपाली भारोत्तोलनको विकासमा मदत पुग्ने विश्वास पोखे । यस्तै महासचिव श्रेष्ठले राम्रा खेलाडी उत्पादनका लागि उत्तिकै राम्रो र अनुशासित प्रशिक्षकको आवश्यकता रहेको बताए ।

नेपाल भारोक्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले कार्यत्रमको सफलताले खेलाडी उत्पादनसँग उनीहरूको विकासमा टेवा पुग्ने बताए । उनले यस कार्यक्रममा सहभागीलाई अझ परिस्कृत प्रशिक्षण कार्यक्रममा सहभागी गराउने पनि बताए । नेपाली भारोत्तोलनमा दस वर्षयता यस ओलम्पिक सोलिडारिटी कोर्स भएको हो ।

प्रतिक्रिया दिनुहोस्