खाेला किनारका धानमकै सुके

गर्मीले बेनिघाटरोराङ गाउँपालिकाका विद्यालय बन्द 



धादिङ । 

अत्याधिक गर्मीका कारण दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिकाका विद्यालय पालिकाले बन्द गराएको छ । गर्मी र चर्काे घामले नीलकण्ठ नगरपालिका लगायत धादिङको विभिन्न भागमा  धमाधम मकै सुक्न थालेका छन् ।लामो समयदेखि पनि परेको छैन।

 नीलकण्ठ नगरपालिका नजिकै थाेपल खाेला छ । यहाँकाे मकै र धान सुकेर फल नलागेपनि स्थानीय सरकारले कुनै चासो देखाएको छैन । तल्लाेबेसि तलतिर ठुलाे खाेला भएरपनि सबै मकै सुकिसक्दा समेत बेवास्ता नगरपालिकाको बेवास्ताका कारण किसान समस्यामा छन् ।

लिफ्ट गरेर पनि तानेर खेतबारीमा मा लगाउन सके यस्तो अवस्थामा किसानले  फाइदा लिन सक्ने थिए  ।

यस्तै  दक्षिणी धादिङको गल्छी गाउँपालिका क्षेत्रका धेरैजसो क्षेत्रको पनि  मकै तथा फलफूल सुक्न थालेका छन् ।घाम चर्को लागेर बारीमा सुख्खा लागेपछि बालीनाली सुकेर उत्पादन नै नदिने अवस्थामा पुगेको छ  ।

चर्कोघामले गर्दा माटो सुकेर चिसोको मात्रा हराएको छ भने मकैको चमरा सानो बोटमै आएको र चमरा आएको मकै समेत सुकेर किसानले काटेर गाइभैसीलाई खुवाउन थालेका छन् ।

तापक्रम ४० डिग्रीसेन्टीग्रेड पुगेका कारण मानिसहरु समस्यामा पर्न थालेपछि बेनिघाट रोराङ गाउँपालिकाले सूचना जारी गर्दै जेठ ३२ गतेबाट तीनदिन विद्यालय बन्द हुने सूचना जारी गर्दै विद्यार्थीहरुलाई सुरक्षित भएर घरमा बस्न भनिएको छ ।

अन्य पालिकाले भने यसबारेमा कुनै जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्