पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा



काठमाडौं ।

पपुवा न्युगिनीलाई पराजित गर्दै अफगानिस्तान आईसीसी टि–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा अफगानिस्तानले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गरेको हो।

पुवा न्युगिनीले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले १५ दशमलव एक ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। अफगानिस्तानको जितमा गुलबदिन नइबले अविजित ३६ बलमा चार चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४९ रनको योगदान दिए। यसैगरी, मोहम्मद नाबीले २३ बलमा एक चौकासहित अविजित १६ रन जोडे।

त्यसैगरी अजमतुल्लाले १३ तथा रहमानदुल्लाह गुरबाजले ११ रन जोडे। पपुवा न्युगिनीका लागि अलिइ नाओ, सेमो कमेइ र नोर्मान भानाउले समान एक–एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीलाई १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटिएको थियो। पपुवा न्युगिनीका लागि किप्लिन डोरिगाले सर्वाधिक २७ रनको योगदान दिए।

एली नाओले १३ तथा टोनी उराले ११ रन बनाए। अफगानिस्तानका लागि फजलहक फारुकीले तीन विकेट लिँदा नवीन उलहकले दुई तथा नुर अहमदले एक विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्