युरोकपमा इंग्ल्यान्ड सर्वाधिक मूल्यको टोली



एजेन्सी ।

आगामी आइतबार जुन १५ देखि जर्मनीमा शुरु हुने युरोकप २०२४ मा खेल्ने टोलीमध्ये इंग्ल्यान्ड सबैभन्दा बढी मूल्यवान टोली बनेको छ। द सनले जनाएअनुसार खेलाडीको रकमको आधारमा भ्यालुबल टोली निर्धारण गरिएको हो।

ग्यारेट साउथगेटको २६ सदस्यी टोलीको ट्रान्सफर मूल्य १.२ बिलियन पाउन्ड रहेको छ। इंग्ल्यान्डमा हेरी केन, बुकायो साका र फिल फोडन र जुडे बेलिङगाम धेरै मूल्यका खेलाडी हुन्। बेलिङगाम रियल मेड्रिडमा १६५ मिलियन पाउन्डको मूल्य रहेको खेलाडी समेत हुन्। उनले रियललाई गत साता च्याम्पियन्स लिग ट्रफी दिलाउन सहयोग गरेका थिए।

डिडियर डेसक्याम्पको फ्रान्स टोलीको मूल्य १.१ बिलियन पाउन्ड रहेको छ। युरो २०२४ को सर्वाधिक मूल्यवान सूचीमा फ्रान्स दोस्रो स्थानमा छ। यो सूचीको तेस्रो स्थानमा ८९८ मिलियन पाउन्डसँगैं पोर्चुगल रहेको छ। पोर्चुगल २०१६ को युरोकप विजेता टोली समेत हो।

यस्तै, युरो २००८ र २०१२ मा लगातार उपाधि जितेर कीर्तिमान राखेको स्पेन चौथो मूल्यवान टोली बनेको छ। लुइस डी ला फुन्टेको टोली स्पेनको मूल्य ७४८ मिलियन पाउन्ड रहेको छ। नेदरल्यान्डस् ६८६ मिलियन पाउन्डसँगै युरो २०२४ को पाँचौं मूल्यवान टोली बनेको छ । तर, युरोपेली फुटबलको पावरहाउसले चिनिने जर्मनी भने छैटो स्थानमा रहेको छ।

युरो २०२४ को आयोजक राष्ट्रको मूल्य ६७९ मिलियन पाउन्ड निर्धारण गरिएको छ। डिफेन्डिङ च्याम्पियन इटालिको मूल्य भने ५९१ मिलियन पाउन्ड रहेको छ र सातौं स्थान ओगटेको छ । आठौं, नवौं र दशौं स्थानमा क्रमशः बेल्जियम, डेनमार्क र टर्की रहेका छन्।

शीर्ष १० युरो २०२४ का टोलीहरू
(रकम मिलियन पाउन्डमा)

प्रतिक्रिया दिनुहोस्