भारत विश्वकपको सुपर आठमा प्रवेश



काठमाडौं ।

भारत टी-२० विश्वकपको सुपर आठमा पुगेको छ। गए राति सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो।

अमेरिकाले दिएको १११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। भारतको जितमा सुर्यकुमार यादवले ५० रन बनाए भने शिभम दुवेले ३१ रन बनाएका थिए। यस अघि अमेरिकाले पहिला ब्याटिङ गर्दै २० ओभर ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो। अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाएका थिए भने स्टिभन टेलरले २४ रन बनाएका थिए।

यो जितपछि समूह ए बाट भारत ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ र सुपर आठमा पुगेको छ। त्यस्तै अमेरिकाको भने ३ खेलमा ४ अङ्क रहेको छ। अब भारतले जुन १५ मा क्यानडाविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्