टंटलापुर गर्मीमा काकुल मार्तडी 

जीर्ण खानेपानी संघ, प्रदेश सरकारको प्राथमिकतामा परेन 



बाजुरा।  

 विगतको तुलनामा बाजुराको दरमुकाम मार्तडी यतिवेला गर्मीले  उकुसमुकुस छ । किसानका खेतवारीको बिऊ सुकेर पराल बन्दै छ । यता सदरमुकाम मार्तडीको वस्तिलाई खानेपानीको हाहाकार छ । खानेपानीकै लागि सदरमुकाम मार्तडी बजार क्षेत्रका नागरिक महिनौंदेखि  पानीको जोहो गर्न खोला, किनार र  नहरको पानी प्रयोग गर्न बाध्य छन् ।

बडीमालिका नगरपालिका  वडा नं आठका  वीरबहादुर बोहरा  खानेपानीको जोहो गर्न बिहानै नहर धाउँछन्  ।  प्राय बिहान बिहानै विद्युतको नहरमा खानेपानी पाइप घुसाउँछन् ।नहरबाट ट्वाइलेट बाथरुमका लागि पानी भरेपछि उनी खानेपानीका लागि पाल्त वा थापाडा पुुग्छन् । कम्तीमा  एक घण्टाको पानीपालो कुरेपछि एक गाग्री पानी भरेर फर्किन्छन्। बिहान बेलुकी एक-एक गाग्री पानीले खाना पकाउने र पिउनको लागि जोहो गर्छन् ।

सदरमकाम मार्तडीको वीचमा बग्ने नहरमा ढल पनि मिसाइएका छन् । नहर  खुला छ, नुहाउने र उस्तै परे दिसापिसाव पनि नहरमै गर्छन्  भन्ने थाह छ ।   तर पनि पानी त चाहियो नहरको दूषित पानी प्रयोग गर्नुको विकल्प छैन बोहराले भने ।

  त्यस्तै निर्माण व्यावसायिक संघ बाजुराका अध्यक्ष वीरेन्द्र बहादुर  शाही र कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराका लेखापाल धनबहादुर थापाको  समय बिहान बेलुकी घरकै पानी जोह गर्न बित्छ । बिहान पाइप जोडेर आयो, बेलुकी हेर्दा त्यही पाइप काटेर अर्काेले जोडेको हुन्छ । लथालिङ्ग छरिएका पाइप सडक , विजुलीका पोल र  नाली भित्र छन्  । ढलमा मिसाईकन पाइपको पानी पिउन बाध्य थियौं ,आजकाल त त्यही पानी पनि पाईदैन उनीहरुको गुनासो छ ।  स्थानीय होटेल ब्यवसायी मिना थापाको घरमा पानी नआएको हप्ता दिन भयो । छिमेकी सशस्त्र प्रहरीवल नेपाल आश्रित गुल्म मार्तडीबाट पानी भरेर गुजारा चलाउँथे तिन दिन भयो त्यहाँ पनि पानी आएको छैन । ग्राहकलाई खाना पकाउने पानी छैन । खाना खुवाउनै मुस्किल छ होटेल ब्यसायी थापाको भोगाई छ । यिनिहरु त  सदरमुकामका  पानीविहीन प्रतिनिधि पात्र मात्र हुन् ।

शुद्ध खानेपानी, शिक्षा, स्वास्थ्य , सडक बिजुली लगायतका प्राथमिक आधारभूत आवस्यकताको परिपूर्ती गरिदिने नागरिकको दैलोको सरकार भनेर चिनिने  स्वयं बडीमालिका नगरपालिका पानी विहीन हुँदा पालिका नै दुर्गन्धित बनेको छ।

  बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीका अनुसार बडीमालिका नगरपालिकामा नै पानीको हाहाकार छ । बिहान ल्यायो दिउँसो पाइप काटिदिन्छन्। दिनभरी पानी नहुँदा ट्वाइलेट गनाएर हैरान छौँ प्रमुख प्रशासकीय अधिकृत केसीले भने  । बृहत् खानेपानी सङ्घीय सरकार मातहत भएकाले मार्तडी वृहत् खानेपानीलाई व्यवस्थित गर्न पालिकाबाट सिफारिस गरेको तर, न संघबाट बजेट आयो न त प्रदेशबाट सम्बोधन भयो ।

पालिकाको स्रोतले बृहत् खानेपानी ब्यस्थित गर्न  धौधौ परेको छ। सदरमुकामको खानेपानी समस्यालाई लिएर सहरी विकास मन्त्रीसंग पुगियो बजेटमा समावेश गरिदिन्छौं भन्ने आसवासन दिनुभयो  तर बजेट आएन । मार्तडीको यो विकराल खानेपानी समस्या मन्त्रालयको प्रामिकतामा परेन छ  प्रमुख प्रशासकीय अधिकृत केसीले भने।  जीर्णधार खानेपानी श्रोतलाई व्यवस्थित गर्न तत्काल  खानेपानीको वितरण प्रणालीमा सुधार ल्याउनुपर्छ  । २४ घण्टे खुला धारा व्यवस्थित गर्ने जसको मन लाग्यो उहीनेर पानीका पाईपकाटेर धारा जोड्नेलार्य कारबाही गर्नुपर्छ धारमा मिटर जडान गर्नुपर्ने सुुझाब प्रमुख प्रशासकीय अधिकृत केसीको  छ ।

बृहत् खानेपानी आयोजना मार्तडीका व्यवस्थापक कर्णबहादुर रावलका अनुसार  शुख्खाखडेरीले पानीका मुहान सुक्दै गएका छन्। मार्तडीको बस्ती माथि माथि सर्दा मुहानको पानी बस्तीको प्रयोगमा छ । झिल्से खोलाको पानीले मार्तडीलाई पुग्दैन।  आधिकारिकरुपमा  ५७५ घरधुरलिाई खानेपानी धारा वितरण गरेतापनि मार्तडीमा १५ सय देखि १८ सय घरपरिपवालर ले बृहत् खानेपानीको प्रयोग गर्छन् हिउँदमा मा ९० एम एमको पाइपमा पनि पानी  भरिँदैन वर्ष मौसममा १७५ एम एमको पाइप भरिन्छ त्योपनि प्राप्त हुंदैन  बयबस्थापक रावलको भनाई छ ।

  २५० घन मिटरको एक लगायत पचास -पचास  मिटरका चारवटा टंकिछन्  दिनमा एक टंकी पनि भरिँदैन पालै पालो टँकी भरेर दिने गरेकाछौं उनले भने । उसा ेत ट्रिटम्यान्ट पलान्ट समेत बनाइएको छ।  तर, उक्त पलान्टमा हालसम्म पानी हालेकै छैन। श्रोत व्यवस्थापन छैन खाली टंकी र पलान्ट वनाएर खानेपानी पुु¥र्याउन सकिदैन । बिहानै उठ्योकी पानीकै लागि लुछाचुँडी हुन्छ उनले भने ।

३० वर्ष परानो जणिमुहानलाई पूर्णरुपमा ब्यस्थित गर्नुपर्ने छ ,ुनौलावन र फर्ने झर्नाबाट पानी ल्याउनुपर्छ । उक्त ठाउँबाट पानी ल्याउन करोडौं रुपैंया खर्च लाग्ने छ । स्थानीय श्रोतले धान्दैन ,सरकारले टेर्दैनन् जहिले पानीकै समस्या छ व्यवस्थापक रावलको भनार्ई छ।

प्रतिक्रिया दिनुहोस्