६७ केजी गाँजासहित दुईजना पक्राउ



उदयपुर ।

उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ स्थित चियाबारीको चुपुम्फाबाट ६७ केजी २२ ग्राम अबैध गाँजासहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उदयपुरगढी ७ चियाबारी स्थित चुपुम्फाबाट दमाई काँटीतिर लैजाँदै गर्दा ६७ केजी २२ ग्राम अबैध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उदयपुरगढी गाउँपाकिा ७ अजिंग्रे बस्ने वर्ष ६०को लाल बहादुर तामाङ र उदयपुरगढी गाउँपालिका ८ चुपुम्फा बस्ने वर्ष ५२ को दिल बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका दुबै जनालाई मंगलबार नै उदयपुर जिल्ला अदालतबाट ४ दिनको म्याद लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

एकसाता अघि पनि उदयुरको बेलका नगरपालिकाको मैनामैनी क्षेत्रमा पर्ने सतीघाटबाट लुकाई छिपाई राखेको अवस्थामा करिब ६ सय किलो गाँजा सशस्त्र प्रहरी बलको गस्ती टोलीले एकैदिन दुई पटक गरी पक्राउ गरेको थियो ।

उदयपुरको बेलका नगरपालिकाको मैनामैनी क्षेत्रमा यस अघि पनि प्रहरीले गाँजा पक्राउ गरेको थियो भने बारीमा लगाइएको गााजाको बोटहरु पनि प्रहरीले नष्ट गरेको थियो । उदयपुरकै कटारी नगरपाकिाको पहाडी क्षेत्रको ताप्ली गाउँपालिकामा पनि यस अघि प्रहरीले बारीमा लगाइएको गाँजा नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्