गण्डकी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)



कास्की ।

गण्डकी प्रदेश सरकारले प्रदेश सभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार मात्र विश्वासको मत पाएका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारको तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘आत्मनिर्भर र समुन्नत प्रदेश-सम्मानित प्रदेशवासी’ को सोच राखिएको उल्लेख छ ।

नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, उद्योग र पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ । इन्भेस्ट गण्डकी कार्यक्रम संचालन गरी निजी तथा सार्वजनिक साझेदारीमा कार्यान्वयन हुने परियोजनाको विकास, लगानी र प्रवर्द्धनमा सहजीकरण गर्ने कुरा नीति कार्यक्रममा उल्लेख छ ।

कृषि क्षेत्रलाई विशेष प्राथमिकतामामा राखिएको नीति तथा कार्यक्रममा कृषि बिमा प्रिमियममा सहुलियत दिने, कृषि कर्जामा ब्याज अनुदान दिने कुरा पनि उल्लेख छ। यसका साथै प्रदेश सरकारको साझेदारी- बाँझो रहन्न खेतबारी, मोबाइल माटो अस्पताल, १ निर्वाचन क्षेत्रमा १ प्रविधि मैत्री कृषि फर्म, १ वडा १ उत्पादन, बाँदरको अतिक्रमण रोक्न कृषि हेरालोको प्रबन्ध गर्ने जस्ता कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पोखरा जाउँ, प्रकृति र संस्कृतिसँग रमाऊँ, पहिले घरदेश अनि परदेश, राउन्ड फेवा-भ्यु फेवा जस्ता कुरा पर्यटन अन्तर्गत उल्लेख गरिएको छन् ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न तल क्लिक गर्नुहोस्  ।

 

प्रतिक्रिया दिनुहोस्