निर्णायक तहमा महिलाको पहुँच बनाओैं : मन्त्री चौधरी



नवलपरासी  ।

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राज्यकाे हरेक निर्णायक तहमा महिलाले पहुँच बनाउनु पर्ने बताएकी छन् ।
चौधरीले मंगलबार पूर्वी नवलपरासीकाे कावासाेतीमा रिटर्नी माईग्रेंट नेपाल, नवलपुरद्वारा आयोजित आयोजनमा ब्यूटिसियन तालिम समापन समारोहलाई सम्बोधन गर्दै उक्त भनाई राखेकी हुन् ।

मन्चासिन स्थानीय निकायका उपप्रमुख महिला दिदीबहिनीहरूलाई लक्षित गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकका पक्षमा पालिकाको करिब २० प्रतिशत बजेट सुनिश्चित गर्न हिम्मत गर्नु पर्ने बताइन् ।

उनले वडा तहबाट कलम चलाउने निर्णायक महिला जनप्रतिनिधिकाे संख्या १ प्रतिशतमात्र रहेकाे जिकिर गर्दै महिला,बालबालिका,अपाङ्ग तथा ज्येष्ठ नागरिकको समग्र हितका निमित्त महिलाहरू सक्षम हुनु पर्ने बिचार व्यक्त गरिन् ।

कार्यक्रममा वैदेशिक राेजगारमा गएका युवाहरूकाे घरपरिवारका महिला दिदीबहिनीहरूकाे उद्यमशीलता बिकासका लागि संचालित १ महिने ब्यूटिसीयन तालिका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई मन्त्री चौधरीले प्रमाणपत्र प्रदान गरिन् ।

रिटर्नी माईग्रेंट नेपालका गण्डकी प्रदेश अध्यक्ष नेत्रनारायण थनेतकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा राष्ट्रिय युवा परिसदका कार्यकारी सदस्य त्रिलाेत्तम पाैडेल,रिटर्नी माईग्रेंट नेपालका अध्यक्ष लक्ष्मी प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राष्ट्रिय युवा परिषदकाे समन्वय तथा गैडाकाेट,देवचुली,कावासाेती तथा मध्यविन्दु नगरकाे कार्यक्रममा सहकार्य रहेको थियो ।
ब्युटिसीयन तालिममा स्थानीय  १ सय जना महिला दिदीबहिनहरूकाे सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्