निर्वाचन प्रणाली नबदले सम्म देशको राजनीति स्थिर हुँदैन : सांसद घिमिरे 



 सिन्धुली। 

 प्रतिनिधिसभा सदस्य श्याम घिमिरेले हालकाे निर्वाचन प्रणाली नबदले सम्म देशको राजनीति स्थिर नहुने बताएका छन्  । आज नेपाल प्रेस युनियनले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले राजनीतिक अस्थिरताले देशको विकासमा बाधा पुगेको बताएका हुन्  ।

 उनले संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नु पर्ने धारणा राखे । देशको निर्वाचन प्रणालीका कारण स्थिर सरकार नहुँदा नागरिकमा राजनीति प्रति वितृष्णा बढ्दै गएको बताए । उनले सङ्घीयताका कारण देशको अर्थतन्त्र शिथिल भएको बताए । देशको अर्थतन्त्रले धान्न नसक्ने भएकाले सङ्घीयताको पुनर्विचार गर्नु पर्ने बताए । उनले प्रदेश सरकारले आफ्नो आवश्यकता औचित्य पुष्टि गर्न नसकेकाले प्रदेश सरकार खारेज गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्