अल्कारेजलाई फ्रेन्च ओपन उपाधि

826
Shares

लन्डन, (एजेन्सी) ।

तेस्रो वरियताका स्पेनिस स्टार कार्लोस अल्कारेजले फ्रेन्च ओपन टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ उपाधि जितेको छ ।

पेरिसस्थित फिलिपे क्याट्रियर कोर्टमा आइतबार सम्पन्न फाइनलमा अल्कारेजले चौथो वरियताका जर्मन खेलाडी एलेक्जेन्डर जेभेरेभविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेका हुन ।

खेलमा पहिलो सेट ६–३ ले आफ्नो पक्षमा पारेका अल्कारेजले त्यसपछिका दुई सेट २–६, ५–७ ले गुमाएका थिए । तर, चौथो र पाँचौं सेट क्रमशः ६–१, ६–२ जित्दै अल्कारेज पहिलो पटक च्याम्पियन बने ।