अवैध भारतीय मलखादसहित ४ थान मोटरसाइकल बरामद



रौतहट ।

 रौतहट स्थित प्रहरी गस्ती टोलीले ४ थान भारतीय नम्बरको मोटरसाइकलसहित २२ बोरा अवैध भारतीय मल खाद बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कटहरीयाबाट खटिएको गस्ती टोलीले कटहरीया नगरपालिका ९ स्थित  भन्सार छली ल्याएको युरिया मलखाद २२ बोरा सहित ४ थान मोटरसाइकल बरामद गरेको हो।

विआर ३० एम ०८९६, विआर ०६ सिबी ३३५६ र विआर ०५ ए क्यू ८६०५ र विआर ३० डब्लु ७९७१ नम्बरको मोटरसाइकलमा लोडगरी  लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि लोड मोटरसाइकल छाडी मानिस फरार भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।

४ थान मोटरसाइकल र मलखाद २२ बोरा गरी कुल ४ लाख १८ हजार,७०० रुपैया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्