बागमतीमा उत्खनन नरोकेको भन्दै स्थानीयले वनकार्यालय घेरे



रौतहट ।
नदीजन्य उत्खनन पदार्थको निकासी ठेक्कामा पालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान जारी रहेकै अवस्थामा त्यस विपरीत रौतहटको वृन्दावन नगरपालिकाले अमानतमा ठेक्का लगाएको खुलेको छ ।

 मापदण्ड विपरीत अमानतमा ठेक्का लगाएको भन्दै वृन्दावन नगरपालिकाका स्थानीयले सोमबार डिभिजन कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेका छन् ।

गृहमन्त्री रवि  लामिछानेले अवैध दोहन रोक्न दिएको निर्देशन विपरीत नेकपा समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वृन्दावन नगरपालिका अन्तर्गत बाग्मती नदीमा  नदीजन्य पदार्थ उत्खननका  लागि पहल गरेकै कारण दोहन भएको आरोप लागेको छ ।

नेपालकै पार्टी बाट वृन्दावन नगरपालिकाबाट प्रमुख विनोद पटेल विजयी भएका हुन । नदीजन्य पदार्थ उत्खनन भएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादीले नदी उत्खनन अवैध भएको भन्दै विरोध जनाउँदै आएका छन् । डिभिजन वन कार्यालय पुगेका नेपाली काँग्रेसका क्षेत्रीय सभापति एवम् वृन्दावनका पूर्व मेयर रामस्नेही राय यादव, माओदीका मेयर प्रत्याशी रामप्रसाद पटेल, वृन्दावनका २ नम्बर वडाध्यक्ष अवैध उत्खनन रोक्न डिभिजन प्रमुख शैलेन्द्र मिश्रसँग माग गरे ।

 नदीजन्य पदार्थ उत्खननमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि सहितको सुरक्षाकर्मीको प्रमुखको मिलोमतो भएको आरोप रहेको छ । वनप्रमुख शैलेन्द्र मिश्रको कार्यकक्षमै प्रवेश गरी वृन्दावन नगरपालिकाका स्थानीयले उत्खनस्नेही यादबले रोक्न दबाब दिएका छन्  । वृन्दावन नगरपालिका वडानम्बर २ का अध्यक्ष सिकेन्द्र पटेलले नदी  दोहनमा सम्बन्धित प्रमुख सबै जिम्मेवार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्