सुनकोशी नदीमा बेपत्ता किशोरीको शव फेला



सिन्धुली।

जिल्लाको गोलन्जोर गाउँपालिका–६ हैवारस्थित सुनकोशी नदीमा डुवेकी किशोरीको शव सशस्त्र प्रहरीले सोमबार दिउँसो करीव १ बजे फेला पारेको छ ।
गोलन्जोर गाउँपलिका–६ मेवाबोट बस्ने २१ वर्षिय चन्द्रकला हायु लुगाधुने क्रममा चिप्लियर सो नदीमा डुवेकी थिईन ।

सो बारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापना बेश खुर्कोट सिन्धुलीबाट खटिएको टोलीले उनको शव घटनास्थल नजिकै फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्