सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज जाने



काठमाडौं ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज जाने भएका छन् । वेस्ट इन्डिजमा हुने दुई खेलमा लामिछानेलाई समावेश गरिएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानले विज्ञप्ति मार्फत जनाएको हो । अमेरिकाले भिसा नदिएपछि क्रिकेटर लामिछाने विश्वकप खेल्न जान पाएका छैनन्।

आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशसँग हुने नेपालका दुई खेलमा लामिछानेको उपस्थिति रहने क्यानका सचिव पारस खड्काले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्