दुई फरार प्रतिवादी पक्राउ



उदयपुर ।

उदयपुरको बेलका नगरपालिका स्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट र प्रहरी चौकी लालबजारबाट खटिउको प्रहरी टोलीले आइतबार २ जना फरार प्रतिवादीहरु्रलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उदयपुर जिल्ला अदालको मिति २०७५ असार ३२ गतेको फैसलाले वन मुद्दामा दोषी ठहरिएका र १ लाख ६५ हजार ४६४ रुपैया जरिवाना तोकिएका बेलका नगरपालिका ५ बस्ने वर्ष ६५ का गोपाल आलेलाई पक्राउ गरिएको छ ।

यसैगरी बेलका नपा ५ बस्ने ३१ वर्षका विशाल तामाङ उदयपुर जिल्ला अदालतको मिति २०७६ असार २४ गतेको फैसलाले कुटपिट मुद्दामा परी १० हजार जरिवाना तोकिएका तर फरार रहेका विशाल तामाङलाई पनि आइतबार नै पक्राउ गरी फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्