विज्ञान कार्यशाला गोष्ठीमा शिक्षकलाई अभिमुखीकरण

म्याग्दी  ।

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा आज (आइतबार) एक दिवसीय विज्ञान कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्याब्सन म्याग्दीको आयोजना, कडरिया पब्लिकेशन प्रालि काठमाडौंको प्रायोजन र सगुन स्टेशनरी स्टोर्स-अन्नपूर्ण बुक्स एण्ड स्टेशनरी सप्लायर्स बेनी म्याग्दीको व्यवस्थापनमा गोष्ठी गरिएको हो ।

कार्यशाला गोष्ठीमा विषय विज्ञ तथा लेखक चिन्तामणि पन्थीले विज्ञान विषयको नयाँ पाठ्यक्रम तथा नयाँनयाँ मोडेलहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई सैद्धान्तिक कक्षाको साथै प्रयोगात्मक एवं अन्तत्र्रिmया र छलफल समेत गराइएको थियो । विज्ञान विषयको नयाँ पाठ्यक्रमको विषयमा सम्बन्धित शिक्षकहरुलाई जानकारी गराउन कार्यशाला गोष्ठीमार्फत अभिमुखीकरण गरिएको जनाइएको छ ।

कार्यक्रममा म्याग्दी जिल्लाका संस्थागत र सामुदायिक विद्यालयबाट गरी कुल ३२ जना विज्ञान विषय अध्यापन गराउने शिक्षकहरुले सहभागिता जनाएका थिए । प्याब्सन म्याग्दीका अध्यक्ष हिराबहादुर पुनको अध्यक्षता, उपाध्यक्ष सुवासकुमार श्रेष्ठको स्वागत र सचिव दिपक सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्याब्सन नेपाल गण्डकी प्रदेशका सदस्य राजु केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गोष्ठीमा न्यू वेष्ट प्वाइन्ट आवासीय माविका प्रिन्सिपल डिबी दाहाल, बेनी बोर्डिङ सेकेण्डरी स्कुलका प्रिन्सिपल मोहन अधिकारी र जनप्रिय मावि दरबाङका प्रधानाध्यापक दिवाकर सुवेदी लगायतको उपस्थिति रहेको थियो । यसअघि जुनियर लेबलको गणित विषयका शिक्षकहरुलाई पनि एक दिवसीय सहजीकरण गरिसकिएको छ ।
गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्