लागू औषध गाँजासहित २ जना पक्राउ



काठमाडौं ।

लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा चितवन, राप्‍ती नगरपालिका १० रिकाटार बस्ने २५ वर्षीय मान बहादुर वाईवा र मकवानपुर, राक्सीराङ गाउँपालिका ५ बस्ने २६ बर्षीय सुमन स्याङताङ रहेका छन् ।

अम्लेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित मनहरीबाट पथलैयातर्फ आउँदै गरेको बा १० च ३६१९ नम्बरको कार शंकास्पद लागी रोकी चेक जाँच गर्दा कारको पछाडीको डिक्कीमा लुकाई छिपाई राखेको लागू औषध गाँजा १२२ किलो वरामद गरेकाे छ  ।

  १२२ किलो लागू औषध गाँजा वरामद गरी कार, मोटरसाइकलसहित उनीलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनकारी दिएकाे छ  । उनीहरूलाई लागू औषध मुद्दा दर्ता गरी  जिल्ला अदालत बारा कलैयाबाट दिन ७ म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्