स्क्वायर सहकारीको रकम हिनामिना गर्ने अध्यक्षसहित तीनजना पक्राउ



काठमाडौँ। 

काठमाडौंको  मखन २३ मा संचालित स्क्वायर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्षसहित तीनजना संचालकहरु रू पक्राउ परेका छन्।
पक्राउ पर्नेमा का.म.पा वडा नं. १४, कुलेश्वर बस्ने  ६६ वर्षीय सोही संस्थाका अध्यक्ष बाशु देवमान जोशी, का.म.पा वडा नं. २५,  केलटोल बस्ने ६७ वर्षीय सचिव सुवर्ण सेलालिक,: का.म.पा वडा नं.२६, नरदेवी बस्ने ५८ वर्षीय  सदस्य धर्म रत्न पाछैं रहेका छन्। उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएको र  निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरी  संस्था नै बन्द गरि बचतकर्ताहरुको ७,४०,८७,८६०.५९ ( सात करोड चालीस लाख सतासी हजार आठ सय साठी रुपैयाँ उनानसाठी पैसा) बचत रकम अपचलन तथा हिनामिना गरी ठगी गरेको हुँदा आवस्यक कारवाहीको लागि सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौबाट ७ दिनको म्याद थप भई  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्