त्रिवि लगायतका विश्वविद्यालयका जग्गा खोजी गर्न गठित समितिले काम थाल्यो



काठमाडौँ।

त्रिवि लगायतका विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले आजबाट औपचारिक रुपमा काम थालेको छ।

समितिका सदस्यहरुलाई आइतबार मन्त्रालयमा शिक्षामन्त्री, सचिवलगायत मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन्।

सरकारले त्रिवि लगायतका विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको थियो।

समितिलाई लगत सङ्कलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अरु कामका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न भनिएको छ ।समितिले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

प्रतिक्रिया दिनुहोस्