युगान्डा वेस्ट इन्डिजसँग १ सय ३४ रनले पराजित



काठमाडौं ।

आईसीसी टि–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनले पराजित गरेको छ। वेस्ट इन्डिजले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डाले १२ ओभरमा ३९ रन मात्र बनाउन सक्यो ।

उसका लागि जुमा मियागीले नट आउट रहँदै सर्वाधिक १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् । युगान्डालाई सस्तैमा समेट्ने क्रममा वेस्ट इन्डिजका अकेल होसेनले ५ विकेट लिए। अल्जारी जोसेफले २ तथा रोमारियो शेफर्ड, आन्द्रे रसल, गुडाकेश मोतीले १/१ विकेट हात पारे।

यसअघि टस जितेर सुरुवाति ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि ब्रान्डन किङले १३ रन बनाउँदा जोनसन चार्ल्सले ४४ रन जोडे। त्यस्तै निकोलश पुरनले २२ रन जोड्दा रोभमन पावेलले २३, निकोलश पुरन २२ तथा सेरफन रदरफडले २२ रन जोडे।

आन्द्रे रसेल ३० रनमा नटआउट रहे भने रोमारियो शेफर्डले नटआउट ५ रन जोडे। युगान्डका लागि ब्रेइन मासाबाले २ विकेट लिए। त्यस्तै अलपेस रामजानी, कसमस केवाटा र दिनेश नकरनीले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्