टी-२० विश्वकपमा आज भारत र पाकिस्तान खेल्दै

एक टिकट मूल्य झण्डै १० लाखभन्दा बढी



काठमाडौं ।

क्रिकेट जगतमा भारत र पाकिस्तानबीचको खेल हेर्न यी दुबै देशका समर्थक आतुर हुन्छन्। यसका लागि ठूलो रकम खर्च गर्न पनि पछि पर्दैन। बहुप्रतिक्षारत उक्त खेल आज आइतबार नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुँदैछ। न्युयोर्कस्थित यो रंगशाला करिब ३४ हजार दर्शकक्षमताको हो । साथै भारत र पाकिस्तानले पहिलो पटक अमेरिकामा क्रिकेट खेल्दैछ ।

यो खेलको लागि टिकट मूल्य पनि निकै महँगो भएको छ । भीआईपीका लागि टिकट शुरुमा १ सय ७५ डलर रहेको छ। स्टान्डर्ड र प्रिमियम सिटको टिकटदर क्रमशः ३ सय र ४ सय डलर रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्टान्डर्डको लागि न्युनतम मूल्य ३ सय डलर राखेको छ।पभेलियन र बाउन्ड्री क्लबका सिटका लागि भने १५ सयदेखि २ हजार डलरसम्म तोकिएको छ । यसको मूल्य नेपाली मुद्रामा रुपान्तर गरेमा एक खेल हेर्न करिब २ लाखदेखि २ लाख ६८ हजारसम्म पर्न आउँछ ।

कर्नर क्लब र डायमन्ड क्लबको टिकट मूल्य क्रमशः २ हजार ७ सय ५० र १० हजार डलर रहेको छ। डायमन्ड सेक्सनबाट खेल हेर्न एक नेपालीले टिकट किनेमा निकै महँगो हुनेछ। यो नेपाली रुपियाँमा करिब १३ लाख ४३ हजार हुन आउँछ। एउटा खेल हेर्न १० लाख भन्दा बढी खर्च हुने भएको छ। तर, स्टुबहब, वियागोगो जस्ता साइटहरूले पनि टिकट बेचिरहेको जनाएको थियो।

स्टुबहबमा सबैभन्दा महँगो टिकट १८ हजार डलरमा बेचिरहेको छ। १८ हजार डलर नेपालीमा रुपान्तर गर्दा करिब २४ लाख १८ हजार हुन्छ यानि एक नेपालीले यदि यो खेल साइटबाट टिकट किनेर हेरेमा उसले यति मोटो रकम खर्च गर्नेछन् ।

यसपछि डायमन्ड सेक्सनका लागि १३ हजार ४ सय ९६ डलरमा टिकट बेचिरहेको छ । जसमा, पार्किङ, असीमित खाना र पेय पदार्थ बीयर, वाइन र रक्सीको सुविधा प्राप्त हुनेछ। यसैगरी वियागोगोमा डायमन्ड क्लब सीटको लागि ६ हजार ७ सय डलर टिकट मूल्य तोकिएको छ । जबकी यी टिकटको वास्तविक मूल्य ५ सयदेखि ७ सय डलरबीच नै थियो।

प्रतिक्रिया दिनुहोस्