रक्तदान कार्यक्रम सम्पन्न



नवलपरासी ।

स्वर्गीय पत्रकार तीर्थराज भुसालको ३७ औं जन्जमयन्तीका अवसरमा पूर्वी नवलपरासीको कावासोतीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ९६ जनाले रक्तदान गरेको आयोजक नवलपुर एफ एम १०४ दशमलव ७ का कार्यकारी निर्देशक राधिका भुसालले बताईन् । जिल्लामा दुर्घटनामा परेका बिरामीहरूले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले हरेक वर्ष जेठ २६ गते स्वर्गीय भुसालको जन्मजयन्तीका दिन एफएमले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

स्थानीय नवलपुर एफएमका संस्थापक एवं उर्जाशील पत्रकार भुसालको २०७४ सालमा चुनावी रिपोर्टिङ गरेर घर फर्कदै गर्दा मोटरसाईकल दूर्घटनामा परि निधन भएको थियो ।

रक्तदान कार्यक्रम जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता तथा पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्टका अध्यक्ष झपिन्द्रेश्वर भुसालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्