राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया हो : प्रवक्ता शर्मा

1.22k
Shares

काठमाडौं ।

सरकारले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकार परिवर्तन हुँदा राजदूतलाई पनि फिर्ता बोलाउने विगतदेखिको परम्परा रहेकाले यसपटक पनि विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाइएको बताएकी हुन् ।

विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले छिमेकी मुलुक भारतसहित विभिन्न ११ मुलुकका नेपाली राजदूतहरूलाई तत्काल फिर्ता गर्ने निर्णय गरेको थियो ।