मेडिकल काउन्सिलको रिक्त पदमा छ चिकित्सकलाई नियुक्त गर्ने



काठमाडौं ।

सरकारले नेपाल मेडिकल काउन्सिलको रिक्त पदमा छ जना चिकित्सकलाई नियुक्त गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले छ जना चिकित्सकलाई सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसरी नियुक्त गरिएकाहरुमा प्रा.डा दिव्यासिंह शाह, डा. सुमन नेपाल, डा. मधु न्यौपाने, डा. प्रा.डा रविन्द्रमान श्रेष्ठ, डा. वीरेन्द्रबहादुर प्रधान र डा. कुम्भराज जोशी रहेका छन् । लामो समय देखि काउन्सिलमा केही सदस्य पद खाली थियो ।

प्रतिक्रिया दिनुहोस्