स्वास्थ्यका तीन विभागमा प्रमुख नियुक्त



काठमाडौँ ।

सरकारले आयुर्वेद विभागको महानिर्देशकमा डा. प्रदिप केसी र इपिडिमि ओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा. यदुचन्द्र घिमिरेलाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै खाली रहेको विभागको महानिर्देशकमा डा. केसीलाई र ईडिसिडीमा डा. घिमिरेलाई नियुक्ति गरेका हुन् ।

त्यसैगरी भरतपुर अस्पतालको निमित्त मेसुको जिम्मेवारी डा. कृष्ण प्रसाद पौडेललाई दिईएको छ। कोशी अस्पतालको मेसुमा रविनराज सिंह र चन्द्र भाल झालाई नारायणी अस्पता सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्