सातदिनभित्र राजमार्ग राजमार्गको अवरोध हटाउन निर्देशन



धादिङ ।

वर्ष लागेपछि बन्द भइरहने राजमार्ग क्षेत्रको व्यथा यसक्षेत्रमा सडक फराकिलो बनाउनका लागि भइरहेको काम अस्तव्यस्त हुँदा यात्रुले पाइरहेको सास्तीलाई कम गर्नका लागि ठेकेदार कम्पनी र सडक विभागलाई निर्देशन गरिएको छ ।

नागढुंगा नौबिसे, मलेखु मुगलिन सडक फराकिलो पार्नेगरि भएको निर्माणको क्रममा ठेक्कामा भनिए अनुसार नियमित यातायात संचालन हुनेगरि निर्माणको काम हुनुपर्नेमा कहीँ कतै अवरोध भएमा र यात्रुले सास्ती पाएमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बताउनुभएको छ ।

राजमार्ग निर्माणको क्रममा ट्राफिक संकेतहरु विग्रिएको अवस्थामा हाल पुरै नष्ट भएको अवस्थामा ट्राफिक संकेत नभएका कारण दिनानुदिन दुर्घटना हुने गरेको र यस महिनामा यसकै कारण ७ ओटा ट्राफिक संकेत नभएका कारण दुर्घटना जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

बुधबार धादिङबेसीमा प्रमुख जिल्ला अधिकारी पाण्डेले राजमार्ग निर्माणको क्रमका ठेकेदार कम्पनी, सडक विभाग इन्जिनियर, आयोजना हेर्ने कर्मचारी लगायत ट्राफिक प्रहरी, नेपाल प्रहरी समेतको सहभागितामा बैठक आयोजना गरेर सातदिनभित्र विग्रीएको संरचना बनाउन र राजमार्गमा हुने अवरोध तत्काल हटाउन निर्देशन दिनुभएको छ ।

राजमार्गका सडक निर्माणको क्रममा भएको खाल्डाखुल्डी पुर्ने र सम्याउने, बैरेनी गल्छीमा पानी पर्नासाथ हुने सडक जाम हटाउन पानी कटाउने, तत्काल ग्राभेल हालेर सम्याउने र ३ दिनभित्र सडकमा हुने हिलो समेत हट्ने वातावरण बनाउने, सडक सुरक्षाका लागि आवस्यकता अनुसार ट्राफिक संकेतहरु ट्राफिक प्रहरीको सल्लाह अनुसार राख्ने र सडकमा वर्षको समयमा पहिरो जाने सम्भावित ठाउँहरु पहिचान गरि उपकरणहरु र चालकहरु आवस्यकता अनुसार परिचालित हुनसक्नेगरि बस्ने व्यवस्था निर्माण कम्पनीले गर्नका हस्ताक्षर समेत गरिएको छ ।

सडक निर्माण गर्दा भएको दुखले गर्दा हरेक दिनजसो यात्रुहरु जाममा पर्ने, प्रहरी सडकमा उभिनु परेको र निर्माण कम्पनीले वेवास्ता गर्दा समस्या झेलेर दुखपाइरहेको गुनासो इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले बताउनुभयो ।

सवारी चालकले लेन अनुसासन कायम गर्नु पर्ने नगरेमा प्रचलित कानून अनुसार कारबाही गरिने, सडक जाम भएको समयमा लेन अनुसासन कायम नगर्ने पटके समेत भएका चाललाई प्रचलित कानून बमोजिम पक्राउ गरेर हिरासतमा राखि कारबाही गर्नुपर्ने, यात्रुलाई अन्य सवारी खोजेर पठाउने र यसबापतको खर्च कारबाही गरिएका चालकले तिर्नुपर्ने खालको कडा तरिकाले प्रस्तुत हुन प्रहरीलाई बैठकमा आग्रह गर्दै छलफलको विषय समेत बनाइउको थियो ।

यस वर्षको वर्षको समयमा सूचना लिएर मात्र यात्रा गर्न, यात्रुलाई संयमित हुन, ट्राफिक प्रहरीको निर्देशन पालना गर्न यात्रुहरुलाई आग्रह गरिएको छ भने वर्षको समयमा राजमार्ग अवरुद्ध हुनेगरि निर्माण कार्य नगर्न समेत निर्देशन दिँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले आवस्यक र गर्नै पर्ने काम नगरेका कारण राजमार्ग बन्द भएमा निर्माण कम्पनीलाई समेत प्रचलित कानून बमोजिम कारबाही गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्