३३ प्रतिशत महिला सुनिश्चित गर्न ज्ञापनपत्र



उदयपुर ।

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले नेकपा एमालेको पालिका स्तरीय अधिवेसन नजिकदै गरेकेोले सबै पालिकामा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न बुधबार एमाले जिल्ला अध्यक्ष भागवत राउतलाई ज्ञापनपत्र बुझाइएको छ ।

अखिल नेपाल महिला संघ उदयपरुकी अध्यक्ष तथा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले ज्ञापनपत्र पढेर सुनाउदै नेकपा एमालेले कुनै पनि लैङ्गिक भेदभाव नराखी पार्टी जीवनको संगठनमा संगठित सबैलाई संसविधानले दिएको अधिकारलाई ३३ प्रतिशत सुनिश्चित गरेकोले यो सुनिश्चिता अब हुन लागेको पालिका अधिवेसनमा र वडा अधिवेशनहरुमा पार्टी कमिटिीको पदाधिकारी पदमा ३३ प्रतिशत महिला सुनिश्चित गर्न नेकपा एमाले जिल्ल कमिटी उदयपुरलाई यो ध्यानाकर्षण पत्र पेश गरिएको बताइन ।

अनेमसंघ केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज अम्बिका श्रेष्ठ पासवान,अनेमसंघ जिल्ला अध्यक्ष महेश्वरीराई, अनेमसंघ जिल्ला कमिटी उपाध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी उप सचिव गंगा राई, अनेमसंघ जिल्ला कमिटी सचिव किशोरी हुजदार र अनेमसंघ जिल्ला कमिटी उप सचिव गिता खड्काद्धारा हस्ताक्षरित उक्त विज्ञप्तीमा संविधानले दिएको अधिकार भाग ६ धारा ७० विपरित लिङ्गको आधारमा पार्टी जीवनको सम्पूर्ण क्षेत्रमा महिलाहरुको समान र अर्थपूर्ण सहभागिता हुनु पर्ने मान्यतालाई नेकपा एमालेले पनि स्वीकार्दै आएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्