क्रियटिभ क्रियसन्स एण्ड मिडियाले हरेक कारोबारमा विरुवा रोप्ने



काठमाडाैं ।

 विश्व वातावरण दिवसको अवसर पारेर क्रियटिभ क्रियसन्स एण्ड मिडियाले आफ्नो हरेक कारोबारमा विरुवा रोप्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले आगामी बर्ष सम्ममा पूर्णरुपमा शून्य कार्बन उत्सर्जन लक्ष्य प्राप्ति गर्ने यो अभियान सञ्चालन गरेको बताएको छ । कम्पनीले विगतमा समेत विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्दै आईरहेको जनाएको छ ।

क्रियटिभ क्रियसन्स एण्ड मिडियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, तिनै तहको सरकारी निकायहरु र कर्पोरेट हाउसहरुलाई ३६० कर्पोरेट सेवामा सहकार्य गरिरहेको छ।

हाल कम्पनीले संस्थागत विकास, अध्ययन तथा अनुसन्धान, कार्यक्रम व्यवस्थापन, कार्यक्रम उत्पादन तथा प्रसारण, मार्केटिङ तथा ब्रान्डिङ, लागायतका सेवाहरु एकै छाना मूनिबाट गुणस्तरीय सेवा र विशेषज्ञहरूको विशेषज्ञतामा आधारित सेवा प्रदान गर्दै आएको छ ।

कम्पनी अन्तर्गत सञ्चालिन क्रिएटिभ एस.एम.एस  र क्रिएटिभ भ्वाइस मार्फत बल्क एस.एम.एस  र कल सेवा समेत प्रदान गरिरहेको  कम्पनीले जनाएको छ । कम्पनीले समाज र राष्ट्रप्रति पनि जिम्मेवार बन्दै नेपालको संविधानले समेत प्रत्याभूत गरेको वातावरण संरक्षण र प्रवर्द्धनमा आफ्नो भूमिकालाई इंगित गर्दै विश्व वातावरण दिवसको अवसरमा कम्पनीको आगामी प्रत्येक १००० एस।एम।एस बराबर एक विरुवा, प्रत्येक १००० भ्वाइस कल बराबर एक विरुवा र प्रत्येक १०,००० आर्थिक कारोबार ९भ्याट बाहेक० बराबर एक विरुवा रोप्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले यस अभियानलाई एक वर्षसम्म निरन्तर सञ्चालन गर्ने जनाएको छ । यसबाट शून्य कार्बन उत्सर्जनलाई सन् २०२५ जुन ५ सम्ममा हासिल गर्न सहयोग मिल्ने विश्वास कम्पनीले लिएको छ ।  कम्पनीले आफ्ना साझेदारहरुलाई  व्यावसायिक सेवाहरु मात्र प्रदान गर्ने नभई वातावरण संरक्षण र प्रवर्द्धनमा समेत टेवा पुर्याउने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्