कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र ढकालको इजलासमा



काठमाडौं ।

पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको कोशी सरकारविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा  सुनुवाइ हुने भएको छ। रिटको पेशी न्यायाधीश द्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा तोकिएको छ।

यसअघि जेठ १६ गते न्यायाधीश मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले  सो रिट हेर्न ‘नभ्याइने’मा राखेको थियो। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेका हुन्।

प्रदेश प्रमुख खापुंगले नयाँ सरकार गठनका लागि आह्वान गरे लगत्तै त्यसका विरुद्ध मुख्यमन्त्री कार्की सर्वोच्च पुगेका हुन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्र ५२ सांसदको समर्थनमा हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए। सनाखतपछि प्रदेश प्रमुख खापुङ्गले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्