सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

658
Shares

काठमाडौं ।

आज सङ्घीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ। आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ। त्यस्तै आजको बैठकमा कांग्रेसका पूर्व संविधान सभा सभासद् सूर्यमान गुरुङ, पुर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यस्तै राष्ट्रिय सभाको बैठक १: १५ बजे बोलाइएको छ। यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ।