नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै

33.56k
Shares

न्युयोर्क ।

नेपालले टी २० विश्वकपअन्तर्गत पहिलो खेल आज राति नेदरल्यान्डस्विरुद्ध खेल्दैछ। यो खेल नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा शुरु हुनेछ। नेपालले औपचारिकरूपमा यो पहिलो पटक क्रिकेट विश्वकप खेल्न लागेको हो।

१० वर्षअघि पनि नेपालले टी २० विश्वकप खेले पनि त्यो प्रारम्भिक चरणमा खेलेको थियो। २०१४ मा बंगलादेशमा भएको उक्त टी २० विश्वकपको मुख्य चरणमा नेपाल छनौट भएको थिएन।

नेपाल र नेदरल्यान्डस्ले टी २० क्रिकेटमा एक अर्कोसँग १२ खेल खेलिसकेको छ। जसमा, ६ खेल नेदरल्यान्डस्ले जितेको छ भने नेपालले ५ खेल जितेको छ। एक खेलको भने नतिजा आएको थिएन।

पछिल्ला तीन खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा खेलिएको थियो । जसमा, फाइनसहित गरी दुई खेलमा नेदरल्यान्डस्ले जितेको थियो भने एक खेलमा नेपालले जितेको थियो ।