काठमाडौं महानगरले भत्काएको सडक डिभिजनले टाल्यो

0
Shares

काठमाडौं ।

काठमाडौंको न्युरोडमा सडक किनारा फेरि बनाउन थालिएको छ। जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउने भन्दै काठमाडौं महानगपालिकाले भत्काएको ठाउँमा सडक डिभिजन कार्यालयले दुई दिनभित्र सडक मर्मत गर्न भनेको थियो । महानगरपालिले मर्मत नगरेपछि सडक डिभिजन कार्यालय आफैंले काटिएको उक्त सडक टालेको हो ।

गत शनिबार न्युरोड क्षेत्रमा महानगरका कर्मचारीले धमाधम सडक काटेका थिए। बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले उक्त कार्यमा रोक लगाएको थियो भने स्थानीयले पनि विरोध जनाएका थिए।