साङकाेषका पुराना नाै जना एमाले नेताहरु सम्मानित



धादिङ ।

नेकपा एमाले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ काे वडा अधिवेशनकाे अवसरमा ९ जना पुराना नेताहरुलाई सम्मानित गरेको छ ।
पञ्चायती व्यवस्थाको विरुद्ध तत्कालीन नेकपा माले कालदेखि राजनीति गर्दै आफ्नो  जीवनको उत्तरार्धमा पुगेका कार्यकर्ताहरुलाई सम्मानित गरेको हाे ।

संकाेषका तत्कालीन नेकपा मालेका संस्थापक जनकराज ढकाल,  खीलनाथ रिजाल, ताेयानाथ अर्याल, पुराना नेताहरु  यदुकुमार दुवाडी, खीलकुमारी घिमिरे, षडानन्द ढकाल,  डिल्लीप्रसाद घिमिरे,  कृष्ण कुमार श्रेष्ठ र झंकनारायण श्रेष्ठलाई सम्मानित गरेको नेकपा एमाले  नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का इन्चार्ज गीता खनाललेे बताइन्  ।दाेसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मानित गरिएको थियाे । आफ्नो जीवन नेकपा माले हुँदै नेकपा एमालेमा समर्पण गरेका  पुराना नेताहरु उमेर ६० काटेको भएपनि अझै सक्रियताका साथ समर्पित भएका छन् ।
पञ्चायती निरंकुश शासन विरोधी कम्युनिस्ट कार्यकर्ता र सेल्टरदाता समेत बनेर भूमिगत राजनीति गरेका  नेताहरुले बहुदल आएपछिपनि कठिन संघर्षर परिश्रम गरेर पार्टीलाई अब्बल बनाएकोमा एमालेले धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्