सुर्खेतमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु



सुर्खेत ।

सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने दुई जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको छ।

दुर्घटनाको विस्तृत विवरण प्राप्त भई नसकेको कार्यालयले जनाएको छ। दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन गरिएको छ। जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुहोस्