सैबु उपशाखाले भैंसेपाटीमा गर्‍यो रक्तदान कार्यक्रम



ललितपुर ।

 नेपाल रेडक्रस सोसाइटी सैबु उपशाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा ९७ जनाले रक्तदान गरेका थिए । जसमा १९ महिला र ७८ पुरुष रहेका छन् ।  भैंसेपाटी चोकमा आयोजना भएको रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटीका सदस्य,सुबै,भैसेपाटी, खोकना, बुंगमती क्षेत्रका रक्तदाताले रक्तदान गरेका थिए ।

 रक्तदान कार्यक्रममा संयोजक नवराज कुँबरले वर्षमा ३ पटक रक्तदान कार्यक्रम आयोजना गर्ने उद्देश्य अनुसार आजको  रक्तदान  कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

 उनका अनुसार रक्तदान कार्यक्रममा युवाको बढी सहभागिता रहेको थियो । सैंबु उपशाखाका सभापति सुरेन्द्र थापाले रेडक्रसको मुल उद्देश्य अनुसार रक्तदान कार्यक्रम आयोजना गरेका जानकारी दिए । सो उपशाखाले सो क्षेत्रमा विपद्जन्य घटनामा सक्रियतापुर्वक सहभागि जनाउने गरेको छ ।

 उपशाखा सदस्य धिरज कुँबरले ललितपुर महानगर १८ र २५ वटाका विभिन्न क्षेत्रमा  निरन्तर रुपमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्