आर्थिक सुधारलाई तीव्रता दिइन्छ : अर्थमन्त्री



काठमाडौं ।

सरकारले नेपालको अर्थतन्त्रले नयाँ पुस्ताअनुकूलको आर्थिक सुधारको माग गरेको जनाएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट)प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

उनले युवापुस्ताले अपेक्षा गरेअनुरूप कौशलयुक्त ज्ञानसीप, नवप्रवर्धन तथा उद्यमशीलता बढाउन आवश्यक रहेको बताए । उनले आउँदो आर्थिक वर्षमा आर्थिक सुधारलाई तीव्रता दिइने बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस्