गणतन्त्र दिवसमा विरामीलाई फलफूल वितरण



उदयपुर ।

उदयपुरको गाईघाटस्थित जिल्ला अस्पतालका बिरामीहरुलाई १७ औँ गणतन्त्र दिवसका दिन मंंगलबार बिहान फलफूल वितरण गरिएको छ ।

गणतन्त्र दिवस मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माको नेतृत्वमा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी डिभिजन वनका प्रमुख डा. इन्द्रप्रसाद सापकोटा, जिल्ला अस्पतालका मेडिकल सपरिन्टेन्डेन्ट डा.ज्ञानेन्द्र झा, प्रमुख कोष तथा लेखा नियन्त्रक महेश दाहाल, नेपाली सेनाको पशुपति प्रसाद गणका गणपति शिव प्रसाद वाग्ले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रमेश थापा लगायतका जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा अन्य कर्मचारीहरुको सहभागितामा अस्पतालका विरामीहरुलाई फलफूल बितरण गरिएको हो ।

विरामीहरुलाई फलफूल वितरण गनुृ अघि सदरमुकाम रहेको बोक्सेमा सबै सरकारी कार्यालयका कर्मचारीहरुको र कार्यालय प्रमुखहरुको व्यापक सहभागितामा अगाडि सरसफाई गरिएको थियो । सरसफाई कायृक्रम जिलला प्रशासन कार्यालय अगाडिबाट शुरु भएर जिल्ला अस्पताल अगाडिको भागसम्म भएको थियो भने सडकका दाँया वाँया रहेको नाली र वरपरसम्म सबै एकजुट भएर फोहर संकलन रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्