देवचुलीको पर्यटन विकासमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया



नवलपरासी  ।

देबचुली नगर भित्रका पर्यटकीय क्षेत्रलाई उजागर गर्न संचार माध्ययमले खेल्न सक्ने भूमिका विषयमा अन्तरक्रिया गरिएको छ । नारायणी नदी किनारको पर्यटकीय क्षेत्र पिप्रहर होमस्टेमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नगर कर्मचारी, पर्यटनविद, पर्यटन व्यवसायी तथा जिल्लास्थित अधिकांश मिडियाकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हरि प्रसाद न्यौपानेले देवचुली डाँडा लगायतका पर्यटकीय क्षेत्रको बिकासमा नगर कार्य समिति पूर्ण ईच्छाशक्तिका साथ लागि परेको बताए । देवचुलीको पर्यटनका आधार बाटाघाटा पनि भएको र यसको बिकासले नै पर्यटन प्रवर्धन कार्यक्रम अगाडि बढ्ने न्यौपानेले धारणा व्यक्त गरेका थिए ।

देवचुली नगरपालिका वडा नं.६ स्थित देवचुली डाँडा जिल्लाकै सबै भन्दा १ हजार ९ सय ३८ मिटर अग्लो चुचुरो हो । अन्तरक्रिया कार्यक्रममा नगर प्रवक्ता तिल प्रसाद पाठक, विषयविज्ञ प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको देवचुलीमा रहेका धरोहर तथा सम्पदाहरूलाई यथोचित ढंगले प्रचार प्रसार गर्न संचार जगतले सघाउनु पर्ने भनाई रहेको थियो ।

कार्यक्रममा पर्यटनविद ओम शर्मा,शिसवार मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष नेत्र बहादुर पाण्डे,होटल व्यवसायी पलट चौधरी लगायतले देवचुलीको पर्यटन बिकासमा नगरले लगानी बढाउनु पर्ने सुझाव दिए । सोही अवसरमा नेपाल पत्रकार महासंघ अध्यक्ष बीरेन्द्र पराजुली, पत्रकार घनश्याम बगाले, स्थानीय ह्याप्पी एफएमका प्रवन्धक दीपेश कडरियाले देवचुली नगरको समग्र पर्यटकीय बिकासका निमित्त संचार माध्यमलाई संगै राखेर अघि बढ्नु पर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा देवचुली नगरका तर्फबाट शिव सापकोटाले नगरका पर्यटकीय गतिविधि,विभिन्न पर्यटन स्थल, सांस्कृतिक केन्द्र तथा बिकास सम्भावना र चुनौति बिषयक सामाग्री प्रेजेन्टेसन गरेका थिए । कार्यक्रममा नगर उप प्रमुख पार्वता तिवारी,प्राकृतिक चिकित्सालयका अध्यक्ष, व्यवस्थापक हरि सापकोटा लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम दाउन्ने मिडिया प्रालिका अध्यक्ष दिपक भट्टराईको अध्यक्षता तथा पत्रकार रमेश चन्द्र बस्ताकोटीको संचलनमा सम्पन्न भएको थियो । देवचुली नगर पालिकाको सहयोगमा स्थानीय दाउन्ने मिडिया प्रालि द्वारा उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्