चोरीको मोटरसाइकलसहित एक पक्राउ

1.79k
Shares

उदयपुर।

 जिल्ला प्रहरी कार्यालय उदयपुरले मोटर साइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
जिल्ला खोटाङ रुपाकोट मझुवागढी वढा नं १७ का २६ वर्षीय अर्जुन प्रधानलाई मोटरसाइकल चोरी गरेको दुई दिनपछि मर्मत संभारकालागि मोटरसाइकल ग्यारेजमा लगेको समयमा त्रियुगा नगरपालिका १० यनारचोकबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ परेका प्रधानले त्रियुगा नगरपालिका वडा नं १२ सोनामपुरबाट गत बिहीबार घरमा पार्किङ गरिराखेको ठाउँबाट चोरी गरेका थिए । प्रदेश नं १—०५—००१ प २४६० नं। को पल्सर मोसा चोरी भएको प्रहरीले खोजतलास गर्ने क्रममा मिति २०८१।०२।११ गते उल्लेखित नं.को मोटरसाईकल त्रियुगा नगरपालिका वडा नंं ११ इनार चोक स्थित वर्कशपमा मर्मत गराउने ल्याएको क्रममा फेला पारेको, उक्त मोसा चोरीमा संलग्न रहेका जिल्ला खोटाङ दिक्तेल मझुवागढी नगरपालिका वडा नं। १७ बस्ने वर्ष २६ को अर्जुन प्रधानलाई तत्काल नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा सम्मानित उदयपुर जिल्ला अदालतबाट दिन ६ (छ) म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निज विगतमा समेत चोरी कार्यमा संलग्न रहँदै आएको निजको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट मिति २०७७।०४।११ गते खसी चोरी गरेको कसुरमा,  मिति २०७८।०४।०४ गते पसलमा चोरी गरेको कसुरमा र यसै गरी मिति २०७८।०४।१९ गते रु। ९९,०००।– (उनान्सय हजार) चोरी गरेको कसुरमा चोरी मुद्दा दर्ता भएको अनुसन्धानबाट थप खुल्न आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।