वज्रवाराही मन्दिर परिसरमा सरसफाइ 



काठमाडौँ। 

वज्रवाराही मन्दिर परिसरमा सरसफाइ गरिएको छ। गणतन्त्र दिवसको उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय ललितपुर र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा गोदावरी नगरपालिका वडा नं.११ स्थित  वज्रवाराही मन्दिर परिसरमा  सोमबार सरसफाइ गरिएको हो।

सरसफाइ कार्यक्रममा नगर प्रमुख, उप-प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुखसहित अन्य कर्मचारीहरु, साथै स्थानीय बासिन्दा समेत गरी करिब २५० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्